निजगढ नगरपालिकामा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिवारबाट शुरु भएको छ ।

नगरपालिका कार्यालयमा शुरु भएको सो कार्यक्रममा हस्ताक्षर संकलन  गर्ने कार्य मार्फत अभियानको हिजोबाट प्रारम्भ गरिएको हो । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, निजगढस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ-संस्था-समूहका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, वडा अध्यक्ष मंगल लोप्चन लगायतले बोलेका थिए  भने कार्यक्रम संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रोजी श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय