देउसी भैलोवाट संकलन भएको रकम निजगढमा रहेको मानव कल्याण समाजलाई सहयोग गरिएको छ । निजगढ ७ स्थित शिखर टाेल समूहले तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलन गरेको रकम मानब सेवा समाज निजगढलाई सहयोग गरेको छ ।

करिब २७हजार  बराबरको समाग्री सहयोग गरेको  शिखर टाेल समूहको अध्यक्ष हरी साहीले बताए । जाडो महिना शुरु हुनुपूर्व सेवाघरमा आश्रितहरुका लागि भनेर लत्ताकपडा, ग्यास चुलाे,कचाैरा,ठूलाे डस्पिन,१० किलाे सरफ,२ वटा बाटा,२ वटा बाल्टिन, हार्पिक,बेसार, मसला, १० लिटर तेल, स्याफु, कपडा धुने साबुन, भाडा माझ्ने साबुन, नुहाउने साबुन, बिस्कुट, २काटुन चाउचाउ, मेथी,केराउ, चना,मन्जन  ब्रस,टाेपी,माेजा,चप्पल ,१ बाेरा चिउरा, पानी तताउने भाडाे,इस्टिल झुस,दालमाेठ,  चिनी लगायतका सामग्री सेवा घरमा रहनुभएकाेहरुलाई   सेवालाई ऊर्जा उत्प्रेरण प्रदान गर्ने उद्देश्यले सहयाेग गरेको अध्यक्ष साहीले बताउनुभएको छ ।

देउसी भैलोवाट करिब ६० हजार उठेको र सोही रकमको केहि भाग आफुहरुले मानव कल्याण समाजलाई सहयोग गरेको वहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय