निजगढ नगरपालिकाको वडा नं ५ स्थित पुर्वटोलमा रहेको गुम्बामा यस बर्षबाट मेला लाग्ने भएको छ ।
पाल्देन दोयाङ गुम्बा मेला समिती पुर्वटोलको आयोजनामा आउदो मंसिर १५ गते देखि १७ गते सम्म मेला हुदैछ । बहु सास्कृतिक मेला हुनु निकै राम्रो हो, राष्ट्रिय स्तरका कलाकरहरुको सास्कृतिक प्रस्तुती सहित आफ्नो स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि अवलोकनकर्तालाई स्थानिय उत्पादित बस्तुहरुको ब्यापारमा पनि विशेष छुटमा सामानहरु पाइने भएकाले यस मेलाको निकै महत्व रहेको छ ।
गुम्बा मेलामा राष्ट्रीय कलाकारहरु शिव परियार, कल्याण आले, बद्री राउत, नवराज राउत, प्रमिला आले, एलिसा डान्स ग्रुप, द डिएड नाईन व्याण्डले आफ्नो प्रस्तुती दिनेछन । मेलाको मुख्य उदेश्य भनेको स्थानियहरुको खस्कदो व्यापारमा सुदृढ गर्ने र मनोरनंजन प्रदान गर्नु रहेको समितिका अध्यक्ष बिजय तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिनुभयो । मेलामा बारा,पर्सा, रौतहट, मकवानपुर लगायत छिमेकी राष्ट्र भारतबाट पनि हजारौ दर्शक अबलोकन गर्न आउने छन् ।
स्थानिय ठाउँको पहिचान बढाउँदै मौलिकता झल्कने गरि यस गुम्बा मेला आयोजना गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।