निजगढ नगरपालिकाको वडा नं ५ स्थित पुर्वटोलमा रहेको गुम्बामा यस बर्षबाट मेला लाग्ने भएको छ ।

पाल्देन दोयाङ गुम्बा मेला समिती पुर्वटोलको आयोजनामा  आउदो मंसिर १५ गते देखि १७ गते सम्म मेला हुदैछ  । बहु सास्कृतिक मेला हुनु निकै राम्रो हो, राष्ट्रिय स्तरका कलाकरहरुको सास्कृतिक प्रस्तुती सहित आफ्नो स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि अवलोकनकर्तालाई स्थानिय उत्पादित बस्तुहरुको ब्यापारमा पनि विशेष छुटमा सामानहरु पाइने भएकाले यस मेलाको निकै महत्व रहेको छ ।

गुम्बा मेलामा  राष्ट्रीय कलाकारहरु शिव परियार, कल्याण आले, बद्री राउत, नवराज राउत, प्रमिला आले, एलिसा डान्स ग्रुप, द डिएड नाईन व्याण्डले आफ्नो प्रस्तुती दिनेछन ।  मेलाको मुख्य उदेश्य भनेको स्थानियहरुको खस्कदो व्यापारमा सुदृढ गर्ने र मनोरनंजन प्रदान गर्नु रहेको समितिका अध्यक्ष बिजय तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।  मेलामा बारा,पर्सा, रौतहट, मकवानपुर लगायत छिमेकी राष्ट्र भारतबाट पनि हजारौ दर्शक अबलोकन गर्न आउने छन् ।

स्थानिय ठाउँको पहिचान बढाउँदै मौलिकता झल्कने गरि यस गुम्बा मेला आयोजना गरिएको अध्यक्ष  तिमल्सिनाले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय