निजगढ नगरपालिका वडा नम्बर ८ स्थित न्यु हिमाल युवा क्लबलाई ईन्टरनेट सेवा कम्पनी ब्रोडलिङ्कले हिजो एक कार्यक्रमबीच खेल सामग्री सहयोग गरेको छ ।

निजगढमा ईन्टरनेट सेवा दिदै आइरहेको ब्रोडलिङ्कले निजगढ ८को खयरघारीमा रहेको खेल मैदानमै पुगेर खेलाडीहरुलाई १८ सेट जर्सी र १ थान फुटवल सहयोग गरेको हो । फुटबल खेलाडीको हौसला बढाउनको लागि खेल सामग्री सहयोग गरिएको ब्रोडलिङ्क निजगढका संचालक सुदिप तिमल्सिनाले बताउनुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का पूर्ववडा अध्यक्ष टेकबहादुर लामा, निजगढ ८ स्थित गौरीशंकर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि वर्तौला, व्यवस्थापन समितिका सदस्य एवंम बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा लगायत खेलाडीहरुको सहभागिता रहेको थियो । व्यवसायी तिमल्सिना निजगढमा रहेर करिब १८ बर्ष देखि कम्प्युटर र ईन्टरनेटको सेवा दिदै आईरहनुभएको छ ।

कार्यक्रमको संचालन युवा संघका केन्द्रीय सदस्य ईराज कोइरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय