शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको बिहीवार एक कार्यक्रम बीच शिल्यान्यास गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सामुदायिक भवनको शिल्यान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले शहीदहरुको वलिदानीले नै देशमा संघीयता र गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले देशमा जहानीय राणा शासन विरुद्ध र त्यसपछिका अन्य सबै आन्दोलनहरुमा शहीदहरुले बलिदानी गरेकाले नै आफूहरु आज यो स्थानमा उभिएको पनि बताउनुभयो ।

‘मधेस प्रदेश सरकार शहीदहरुको सम्मानको लागि सचेत छ, मुख्यमन्त्री यादवले भन्नुभयो, शहीदहरुको सम्मान गर्न नै प्रदेश सरकारले मधेस शहीद प्रतिष्ठन गठन गरेको छ ।’ उहाँले प्रतिष्ठनमार्फत शहीदको सम्मान निम्ति विभिन्न कार्यक्रम संचालन गरिने जानकारी दिदै मुख्यमन्त्री यादवले जनआन्दोलनका २०६२/०६३ का शहीद हिरालाल गौतमको स्मृतिमा निर्माण हुन लागेको सामुदायिक भवनको निर्माण कार्यमा मधेस सरकारले सकेको सहयोग गर्ने पनि जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले शहीदको सम्मानको लागि निर्माण हुन लागेको भवन निजगढका सबै जनताको सम्पति भएको बताउनुभएको छ । उहाँले भवनको प्रयोग निजगढबासी जनताको हितमा प्रयोग हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

भवन निर्माण समितिका अध्यक्ष गोकुल घोरसाइनेको अध्यक्षतमा भएको सो कार्यक्रमा शहीद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठले प्रतिष्ठानको उद्देश्य र गतिविधिको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सहसचिव जयराम कुवरले गर्नुभएको थियो । शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लागायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ७ मा स्थानीय किरण श्रेष्ठले दान स्वरुप प्रदान गर्नुभएको १० धुर जमिनमा संघीय सरकारको तराई सम्बृद्धि कार्यक्रमअन्तर्गत ३० लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय