निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोल स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्य रहेको सो स्वर्ण महोत्सव कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले विकास निर्माणको कार्यमा निजगढका राजनितिक दलका कार्यकर्ताहरु बीच देखिएको एकता प्रशंसनीय भएको बताउनुभयो ।

निजगढका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, नेपाली कांग्रेस निजगढका मोहन सापकोटा, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढका कुमार लामा, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत सामाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मंसुर, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, पूर्व विद्यार्थी रविराज दंगाल, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष घनश्याम तिमल्सिना, रास्वपा निजगढ नगर अध्यक्ष रामहरी खरेल, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न संघसंस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रमको सजिकरण विद्यालय प्रधानाध्यापक यादवकुमार तिमल्सिना र श्रीहरी न्यौपानेले  गरेका थिए । कार्यक्रममा विद्यालयको विकासका लागि योगदान दिएका पूर्व व्यवस्थापन समिति, पूर्वप्रधानाध्यापक, शिक्षक, सहयोगी दाता, जागरुक अभिभावक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री र विज्ञान प्रदर्शनीको साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय