बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १३औं वार्षिक साधारणसभामा सम्पन्न भएको छ ।

प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद अच्युतप्रसाद मैनाली गुणस्तरहीन पशुआहारको बिक्री गर्नेमाथि कारबाही गरिनुपर्ने   बताउनुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढका किसानहरुको आर्थिक अवस्था उकास्न नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव शरणकुमार पाण्डे, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, निजगढ वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध उत्पादक संघ बाराका सदस्य पुरुषोत्तम भट्टराई, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (एमाले) निजगढका सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, रास्वपा निजगढ अध्यक्ष रामहरी खरेल, राप्रपा निजगढ अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, बागदेव दुग्ध उत्पादक संस्था पूर्वअध्यक्ष थानेश्वर सापकोटालगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभाको अवसरमा संस्थाको विकासको लागि योगदान गर्ने पूर्वउपाध्यक्ष तारानाथ चौलागाई, पूर्वसचिव बोधबहादुर तिमल्सिना, पूर्वकोषाध्यक्ष रामकुमार सिग्देल, पूर्वसदस्य रामशरण ढुंगाना, राजुकुमार सिग्देल, उद्धबप्रसाद बन्जारा, गोपिनी चौलागाई, नरबहादुर सापकोटा, लेखा संयोजक लिलाबहादुर राउतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सबैभन्दा बढी दुध बिक्री गरेर प्रथम हुने बकैयाठाकुर पशुपालन, खडगकुमारी कार्की, कुमार खड्का, कमल थापा, डिल्लीप्रसाद गुरागाई, दयाकुमारी लामिछाने, रेणुका सापकोटा, टिकामाया घोरसाइने, कुमारी दर्जी, बिष्णुमाया तामांङ्ग, बैजुप्रसाद पौडेल, चुडामणी दाहाल, पार्वतीमाया थिंङ्ग, नमराज तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी भैरबप्रसाल रिमाल, रन्जीत क्षेत्री, सूर्यबहादुर खड्का, निर्मल बजगाई, कुशबहादुर थापा, पबित्रा नेपाल, अम्बिका सिग्देल, मोहनबहादुर राई, बसुन्धरा दुलाल, इन्द्रमाया गिरी, गोर्वधन चौरेल, नन्दकुमारी गौतम, सुनमाया योन्जन र चुनुकुमारी आलेलाई सम्मान गरिएको छ । सहकारी संस्थातर्फ भने अवतार साकोस, अ‍ैचोपैचो साकोस र सरल बहुउद्देश्य सहकारी संस्थालाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलको अध्यक्षतामा भएको साधारण सभामा सञ्चालन सचिव प्रकाशप्रसाद सापकोटा, स्वागत उपाध्यक्ष अर्जुनप्रसाद घिमिरे, कोषाध्यक्षको प्रतिवेदन मोहन सापकोटा र लेखा प्रतिवेदन व्यवस्थापक शौरभ अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय