निजगढ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ६ बाट विजयी सभासद् पुरुषोत्तम पौडेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई शनिवार अभिनन्दन गरिएको छ । पौडेलद्वयलाई दोसल्ला ओढाइ कदरपत्र र उपहारसहित संस्थाका अध्यक्ष अम्बिका चौलागाईले अभिनन्दन गरेका थिए ।

सो अवसरमा नेपाल उपभोक्ता केन्द्रीय सहकारी सङ्घका कोषाध्यक्ष टके प्रसाद चौलागाई र बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भोला गौतमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल उपभोक्ता केन्द्रीय सहकारी सङ्घका कोषाध्यक्ष टेकप्रसाद चौलागाई , बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भोला गौतम, गौरीशड्ढर उच्च माविका प्राचार्य सुदर्शन कोइराला, महिला सहकारीकर्मी लीला खनाल, उद्योग वाणिज्य सङ्घ निजगढका उपाध्यक्ष मुकुन्द लामिछाने, विदुरलाल श्रेष्ठ, दिपेन्द्रकुमार श्रेष्ठ, सावित्री भारतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष अम्बिका चौलागाई अध्यक्षतामा सम्पन्न वाषिर्क साधारणसभाले अम्बिका चाौलागाईकै अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत गठन गरेको छ । सहकारीले निजगढका बासिन्दाहरु मन जित्दै गइरहेको र सेयर शङख्या पनि बढदै गएको बताउछन संस्थाका कर्मचारी रोशन तिमल्सिना ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय