निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयको सहयोगमा समुन्नत महिला बहुउद्धेश्यीय सहकारी संस्थाले विद्यार्थीलाई पोशक वितरण गरेको छ । भक्तलाल स्थित भगवती आधारभुत विद्यालयका २ सय ३१ जना विद्यार्थीलाई पोशक तथा ट्रयाकशुट वितरण गरेको हो ।

संस्थाले हिजो एक कार्यक्रम विच उक्त विद्यालयका छात्र छात्राहरुलाई पोशाक वितरण गरेको हो । निजगढ नगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोगमा संस्थाले उक्त सामग्री वितरण गरेका हो । संस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षामा भएको सो कार्यक्रममा प्रमुख अतिथिमा वडा नं.१३ का वडा अध्यक्ष सुर्य घलान रहनुभएको थियो ।

कार्यक्रममा निजगढ नगर कार्यपालिकाकी नगर सदस्य मिना चौरेल, निजगढ वडा नम्बर १३ का वडा सदस्य दिपक न्यौपाने, सुर्यबहादुर थोकर, धनकुमारी वि.क., फुलमाया स्याङ्गतान, समाजसेवी रोशन पाख्रिन, जयबहादुर स्याङ्ग्तान, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सानुकान्छा पाख्रिन, विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारी र समुन्नत महिला बहुउद्धेश्यीय संस्थाकी पदाधिकारीहरु लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन सस्थाकी सचीव सुनमाया लोप्चनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय