निजगढ नगरपालिका– ९ शहीदचोकस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मणिश्वर घिमिरे पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संस्थाको हिजो भएको १३ औं वार्षिक साधारण सभाबाट घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालन समिति र लेखा समिति निर्वाचित भएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा निर्मल भण्डारी, सचिवमा मनोज रेग्मी, कोषाध्यक्षमा सकुन्तला लामा, सहसचिवमा दिपक शिवाकोटी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा मुकुन्द विष्ट, हरिप्रसाद न्यौपाने, सावित्री बराल तिमल्सिना, सञ्जय पण्डित, सुनिल कुवर र भिमप्रसाद सापकोटा पनि सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि लेखा समितिको संयोजकमा सोमराज तामाङ पुनः निर्वाचित हुनुभएको छ । समितिको सदस्यमा लोकबहादुर खुलाल र अनिश पोख्रेल निर्वाचित भएका छन् । नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक सुदर्शनप्रसाद कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यस अघि साधारण सभाको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा मेयर पुरी, उपमेयर सोममाया थिङ्ग, नेफस्कुन सञ्चालक समिति सदस्य शोभा राउत, बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुर, निजगढ नगरपालिका सहकारी विभाग प्रमुख अजयकुमार उप्रेती, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, सगरमाथा साकोस निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, लोकप्रिय साकोस निजगढका अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, अवतार साकोस निजगढका अध्यध्यक्ष अजय लामा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षता संस्थाका मानार्थ अध्यक्ष सुशिल खनालको सहअध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नवराज तिमल्सिना र सञ्चालन सचिव निर्मल भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय