निजगढ नगरपालिका वडा नम्बर ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अम्बिकाप्रसाद चौलागाई पुनः निर्वाचित हुनुभएको छ ।

संस्थाको हिजो भएको १४औं वार्षिक साधारण सभाबाट चौलागाईको अध्यक्षतामा नयाँ सञ्चालन समितिका पदाधिकारी र लेखा समिति संयोजक र सदस्य सर्वसम्मत निर्वाचित भएकाहुन । समितिको उपाध्यक्षमा केदारप्रसाद गौतम, सचिवमा लिलानाथ बन्जरा, कोषाध्यक्षमा अन्जु नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा मुकुन्दराज लामिछाने, गोविन्दप्रसाद सापकोटा, हरेराम शर्मा, उषा मोक्तान लामा, उत्तम तिमल्सिना निर्वाचित भएका छन् ।

त्यसैगरि लेखा समितिको संयोजकमा पार्वती अधिकारी पुनः निर्वाचित हुनुभएको छ । समितिको सदस्यमा नानीदेवी थापा र समुन्द्र नेपाल चयन भएका छन् । निर्वाचन मण्डलका संयोजक यादवकुमार तिमल्सिनाले सभाहलबाट प्राप्त नामको आधारमा सर्वसम्मत रुपमा समितिको नाम घोषणा गर्नुभएको हो । निर्वाचन मण्डलको सदस्यमा कृष्णकुमार खुलाल, गोविन्द अधिकारी र सहजकर्तामा भोलाप्रसाद गौतम रहनुभएको थियो ।

संचालक समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक यादवकुमार तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । साधारण सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले यसअघि उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय