नेकपा एमाले पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले वन र वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

निजगढ ६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणको क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभएको छ । समुहको हिजो भएको ९औं साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मैनालीले सो कुरा बताउनुभएको हो ।

समुहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो साधारण सभामा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, सवडिभिजन वन कार्यालय निजगढका वन अधिकृत दास लगायतले साधारण सभा सफलताको लागि शुभकामनम व्यक्त गर्नुभएको थियो । सभामा समुहका सचिव ध्रुब धितालले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव सिग्देलले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो ।

कार्यक्रममा वन संरक्षणमा उत्कृष्ट योगदान गर्ने नरबहादुर अधिकारी, कृष्णबहादुर तिमल्सिना, काजीबहादुर अधिकारी, डिल्लीप्रसाद खतिवडा, प्रकास बजगाई र पन्नलाल साहलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय