निजगढ ७ शहिद चोकस्थित निजगढ सुपरमार्टले दशै, तिहार अफर अन्तरगत संचालन गरेको लक्की ड्रको पहिलो पुरस्कार निजगढ ७ का रामशरण सुवेदीले प्राप्त गर्नुभएको छ ।

सुरपरमार्ट परिसरमा गोला प्रथामार्फत सार्वजनिक गरिएको सो लक्की ड्रमा सुवेदीले करिव २७ हजार मूल्य बराबरको पानासोनिक कम्पनीको वासिङ्ग मेसिन प्राप्त गर्नुभएको हो । सुपरमार्टले दशैतिहार अफर अन्तर्गत सामान खरिद गर्ने ग्राहकहरुलाई वितरण गरेको कुपनको चिठ्ठा सार्वजनिक भएको हो । सो अवसरमा सुपरमार्ट संचालक अमृत गौतम र अमृत तिमल्सिनाले आफूहरुले ग्राहकहरुलाई गुणस्तरीय सामग्री र सेवा प्रदान गर्दैआएको बताउनुभयो ।

निजगढमा करोडौको लगानीमा तीन बर्ष अघिबाट सञ्चालनमा ल्याएको निजगढ सुपर मार्टले दुई लाख ७८ हजार बराबरको पुरस्कार सामाग्री लक्की ड्र मार्फत ग्राहकहरुलाई बितरण गरेको हो ।  यस वर्षको चिठ्ठामा २८ जना ग्राहकले  सामान प्राप्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय