बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव अजय वर्तौला सोमबार कार्यालयमा हाजिरी भएका छन ।

प्रमुख प्रशासकीय अधिकृत वर्तौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटासहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

मन्त्रालयले पौष ५ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव वर्तौलालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइटमा वर्तौलाको निजगढ सरुवा बारे जानकारी गराएको थियो र आजेै वहाँ हाजिर पनि गर्नु भएको छ । यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको सरुवा भएको छ ।


वर्तौलाको हाजिर पछि कर्मचारी र जनप्रतिनिधिसित परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुखको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रबिन घिमिरे गरेका थिए भने नगर जनप्रतिनिधिको तर्फबाट नगर प्रमुखले र कर्मचारीको तर्फबाट लेखा अधिकृत शिव देवकोटाले फुलको गुच्छा दिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय