निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयको अभिभावक दिवस तथा ५९ औं स्थापना दिवस हिजो विभिन्न कार्यक्रम गरीे मनाइएको छ ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले दिवसको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रमा प्रमुख अथितिको आशनबाट बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले सार्वजनिक मावि बारा जिल्लाभरिकै विद्यार्थीहरुको अकर्षणको केन्द्र बनेको बताउनुभयो । उहाँले विद्यालयले प्राविधिक शिक्षातर्फ कम्प्युटर शिक्षाको थालनी गरेर गुणस्तरीय शिक्षामा नयाँ फडको मारेको जनाउनुभयो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाललगायतले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको गतिविधि बारे जानकारी गराउनुभएको थियो भने लेखापाल नवराज गौतमले आयव्याय र अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले स्वर्गीय पिता बासुदेव गौतमको स्मृतिमा स्थापना गर्नुभएको १ लाख ५ हजार रुपैयाको अक्षयकोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका ३ जना शिक्षकलाई नगदसहित विभिन्न विधामा सम्मान गरिएको थियो । शिक्षिका बालकुमारी सिंजालीलाई वर्ष शिक्षक, प्रकाश अधिकारीलाई सक्रिय शिक्षक र रोमकुमारीलाई आदर्श शिक्षकको रुपमा सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतमा भएको सो कार्यक्रममा वार्षिक परीक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो । शिक्षक भोलाप्रसाद चौलागाई र बालकुमारी सिंजालीले संचालन गरेको सो कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय