निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको नव निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियतको हिजो शपथ लिएका छन ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन । कार्यक्रमा बोल्दै नगर प्रमुख पुरीले किसानले संस्थामा बेचेको दुधको बाँकी रकम तत्काल भुक्तानी गर्न पहल गर्नुपर्ने बताउनुभयो । नव निर्वाचित पदाधिकारी र सदस्यहरुको कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्दै नगर प्रमुख पुरीले किसानले असोज महिनादेखि हालसम्मको पाउनुपर्ने दुधको रकम सस्थाले तत्काल भुक्तानी दिनुपर्ने बताउनुभयो ।

निर्वाचन संयोजक अध्यक्ष अजयकुमार उप्रेतीको अध्यक्षमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढमा अध्यक्ष सुदर्शन कोइराला, नवनिर्वाचित लेखा समितिका संंयोजक राजनप्रसाद तिमल्सिना, उपाध्यक्ष टुकबहादुर तिमल्सिना, बागदेव दुग्ध सहकारी सस्थाका पूर्वअध्यक्ष अम्बिकाप्रसाद चौलागाई लगायतले बोल्नुभएको थियो ।

बागदेव दुग्ध उत्पादन सहकारी संस्थाको गत महिना भएको १३आंै साधारण सभाबाट एकजना उपाअध्यक्ष बाहेक अध्यक्षमा थानेश्वर सापकोटा अविरल, कोषाध्यक्षमा रामहरी खरेल, सचिवमा प्रकाश सापकोटासहित संचालक समिति र लेखा समितिका सदस्यहरु निर्विरोध चयन भएका थिए । उपाध्यक्ष पदमा भने शुक्रवार भएको मतदानबाट टुकबहादुर तिमल्सिना विजयी हुनुभएको थियो ।

दुग्ध उत्पादन सहकारी संस्थामा हाल २२७० जना शेयर सदस्य रहेका छन । सपथ ग्रहण कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य नारायणप्रसाद गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय