निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएकोछ । नगरपालिका भित्र रहेका ८वटा मावि विद्यालयका विद्यार्थीहरुलाई एसइइ लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो ।

निजगढ वडा नं ११ स्थीत श्रि नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थिहरुलाई कठिन लाग्ने बिषयहरु अंग्रेजी, गणित, विज्ञान निशुल्क पढाईहुने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परिक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिनुभयो । विद्यार्थीहरुले राम्रो नतिदा ल्याउनेमा आफु विश्वस्त रहेको र विद्यार्थीहरुलाई शुभकामना साथै आगामी दिनमा कक्षा ८लाई पनि छिटै तयारी कक्षा संचालनमा ल्याउने बताउनुभयो ।

कार्यक्रममा उप्रमुख सोममाया थिङ्ग,वडानं १०का  वडाअध्यक्ष आशाकाजी श्रेष्ठ,११वडाअध्यक्षका सईया गुरो, विभिन्न मावि विद्यालयका प्रअहरु, वि व्य समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो । तयारी कक्षा एसइइ सम्म सन्चालनमा आउने छ । यस्ता  तयारी कक्षाले आफुहरुलाई ठुलो रातह हुने निजगढ ११ का एक विद्यार्थीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय