तराईमा बढेको चिसोका कारण जनजीवन प्रभावित बनेपछि युथ अफ निजगढले निजगढका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारणको लागि आगो ताप्ने दाउरा वितरण गरेको छ ।

बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै क्लबले निजगढ ८ को नागमणी बकैया सामुदायिक वन उपभोक्ता समुहबाट खरिद गरेको दाउरा पूर्वपश्चिम राजमार्गको सहिद चोक, नगरपालिका चोक, बुद्ध चोक, बकैया टोल चोक लगायतका स्थानहरुमा आगो ताप्नको लागि निःशुल्क दाउरा वितरण गरेको हो । सर्वसाधारणको चहलपहल बढि हुने स्थानमा बालेर आगो ताप्न दाउरा वितरण गरिएको क्लबका अध्यक्ष कमल बजगाइले जानकारी दिनुभयो ।

दाउरा वितरण कार्यक्रममा क्लबको कार्यसमितिका सदस्यहरु, पुर्बअध्यक्ष, सल्लाहकार लगायतको सहभागिता रहेको थियो । संस्थाले निजगढ नगरपालिकाका विभिन्न स्थानमा विविध धार्मिक, सास्कृतिक, समाजिक तथा परोपकारका कार्यक्रमहरु गर्दै आईरहेको छ । संस्थाले विगत १ दशक देखि समाजिक कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय