निजगढ नगरपालिका वडा नम्बर ३ कार्यालयले स्थानीयलाई न्यानो कपडा वितरण गरेको छ ।

ठण्डीसंगै शीतलहर बढ्दै गएपछि वडा नम्बर ३ कार्यालयले जेष्ठ नागरिक, असाहय र अतिविपन्न १ सय ४० घर परिवारमा न्यानो कपडा वितरण गरेको हो ।

वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनको नेतृत्वमा भएको न्यानो कपडा वितरण कार्यक्रममा निजगढ नगर कार्यपालिका सदस्य मानबहादुर डाँसेली, वडा सदस्य बुर्गानकुमारी थोकर, चनीमाया बि.क., जितबहादुर लोप्चन, वडा कार्यालयका सचिव हिरालाल राना, शान्ति टोल सुधार समितिका अध्यक्ष रितबहादुर वल तामाङ र पेमा लामा र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय