निजगढ नगरपालिका वडा नं. ५ का ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई  वडा कार्यालय द्वारा जाडोमा घरघरमै पुगेर थरमस र कम्बल उपहार दिईएकोछ ।

वडाका ७५ बर्ष माथिका जेष्ठ नागरिक र अशक्त भएका नागरिकलाई वडा नं ५ का वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु घरमै पुगेर सो उपहार दिएका हुन । सो कार्यमा नगरपालिकाका नगरप्रमुख सुरथ पुरी समेत पुगेर थप कार्यहरुपनि आगामी दिनमा गरिने जेष्ठ नागरिकहरुलाई बताएका थिए ।

७८ बर्षिय रत्नमाया वडाले यसरी ७५ नाघेका नागरिकलाई घरमै यसरी जाडोमा सामग्री पाएकोमा खुसी र जनप्रतिनिधिलाई धन्यवाद समेत दिईन ।

वडाको वार्षिक बजेट अनुसार ८९ जनालाई दिईएको साथै अघिल्लो बर्ष पनि वडाले व्ल्याङ्केट, जाकेट  दिईएको र आगामी दिनमा पनि दिईने वडानं ५ का वडा अध्यक्ष सुर्य बहादुर थापाले निजगढ डटकमलाई बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय