नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले निजगढ नगरपालिका– ४ चारघरेमा आगलागी पीडित परिवारलाई हिजो राहत सामग्री प्रदान गरेको छ ।

रेडक्रस सभापती रुद्र धिताल र सचिव मोहनबहादुर डिसीले आगालागी पीडित हिराबहादुर तिमल्सिनाको घरमै पुगेर एक सेट भाँडाबर्तनसहित त्रिपाल, झुल, बाल्टिन, लत्ताकपडा, कम्बललगायतका सामाग्री हस्तान्तरण गरेका हुन । बिहीवार राति बिधुत सर्ट हुँदा भएको आगलागीबाट तिमल्सिनाको घरमा राखिएको खाद्यान्न, लत्ताकपडा र फर्निचरसहितका जलेर सामान नष्ट भएको थियो ।

सामग्री सहयोग गर्ने क्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य मिना चौरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय