निजगढ नगरपालिका वडा नम्बर ५ मा शुरु गरिएको ३ महिने कम्प्युटर तालिमको हिजो उद्धाटन गरिएको छ ।

वडा अध्यक्ष सूर्यबहादुर थापा मगरले एक समारोहबीच तालिमको उद्घाटन गर्नुभएको हो । वडाका युवा र किशोर किशोरीहरुलाई कम्प्युटर संचालन सम्बन्धि सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिएको तालिमको उद्धाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापा मगरले कम्प्युटर शिक्षा आजको समयमा सबैको लागि अपरिहार्य भएको बताउनुभयो । उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरेर फलदायी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

एजुहब इन्स्च्यिुट एण्ड ट्रेनिङ सेन्टर प्रा.लि. निजगढको आयोजनामा शुरु गरिएको सो तालिममा वडा नम्बर ५ का २३ जना युवा युवती र किशोर किशोरीहरुको सहभागिता रहेको छ । तालिम उद्धाटन कार्यक्रममा वडा सदस्य कुन्जरमणि सापकोटा, श्रीलिलानाथ गौतम, आशा चौलागाई, सबिता दर्जी, वडा सचिव धर्मराज लामिछानेलगायत स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

आयोजक संस्थाले सहभागीहरुलाई ३ सिफ्टमा राखेर कक्षा संचालन गर्ने जनाएको छ । कार्यक्रमको संचालन आयोजक संस्थाका प्रवीण उप्रेतीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय