बारा जिल्ला दुग्ध उत्पादक संघ लिमिटेडले नगरपालिकामा दुग्ध संकलन र रकम निकासामा देखिएको समस्या समाधानको माग गर्दै जिल्लाको विभिन्न स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

संघका पदाधिकारीहरुले दुध संकलन र रकम भुक्तानीमा देखिएको समस्या समाधानको माग राखेर जिल्लाको निजगढ, कोल्हबी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकामा हिजो छुट्टाछुट्टै रुपमा ज्ञापन पत्र बुझाएका हुन । संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईको नेतृत्वमा गएको टोलीले निजगढ नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै लामो समयदेखि दुध बिक्रीको रकम भुक्तानी नपाएको समस्यामा पनि नगरपालिकाले आगामी दिनमा सम्बन्धित निकायमा दुग्ध उत्पादक संघसँगै पहल र समन्वय गर्ने निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताउनुभएको छ । उहाँले विद्यालयलाई दिने दिवा खाजामा पनि दुग्धको परिकारमा वृद्धि गर्ने हिसाबले कार्यपालिका र विद्यालयका प्रधानाध्यापकहरुसँग समन्व्य गर्ने बताउनुभएको छ ।

बारा जिल्ला दुग्घ उत्पादक संघका अध्यक्ष पुरुषोत्तम भट्टराईले दुग्धको बिक्री र उत्पादनमा देखिएको समस्यामा हल गर्ने बारेमा पालिका प्रमुखहरुको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिइएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय