निजगढ नगरपालिका वडा नम्बर ५ खोल्माटोलस्थित गुम्बबहादुर आलेमगरको गोठमा सोमबार दिउसो आगलागी भएको छ ।

आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट हुँदा गोठमा राखिएको लाखौं मूल्यको धनमाल जलेर नोक्सानी भएको हो । निजगढ नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा स्थानीय,सशस्त्र प्रहरी र ईलाका प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको घटना बारे परिवारका सदस्यहरुले ढिला गरेर जानकारी पाएकोले आगो नियन्त्रण गर्न केही ढिलाइ भएको निजगढस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणका प्रहरी नायब उपरीक्षक दिनेश शमाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै सशस्त्र र इलाका प्रहरी कार्यालय निजगढको टोली घटनास्थलमा पुगेको थियो ।

आगलागीबाट गोठमा रहेको चौपाया र मानवीय क्षति नभएको भएपनि गोठमा राखिएको काठपात, घाँसपात र दाउरा भने जलेर नष्ट भएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय