निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले व्यवस्था विरोध र समर्थकहरु एउटै मञ्चमा उभिएर आफ्ना कुरा राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।

७४ औं प्रजातन्त्र दिवसको दिन नगरपालिका कार्यालयले हिजो नगरपालिका कार्यालयमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य विक, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, राप्रपाका नगर अध्यक्ष खडगप्रसाद उप्रती, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटालगायतले प्रजातन्त्रको महत्व बारेमा बोलेका थिए । कार्यक्रममा जन निर्वाचित प्रतिनिधिहरु, सुरक्षाकर्मी र स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन कार्यालयका योजना अधिकृत अजय उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा सहिदहरुको तस्वीरमा माल्यापर्ण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय