निजगढमा विहिबार बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन् ।

बढदो रगत अभावको कारणले यस्ता कार्यक्रमहरु आगामि दिनमा पनि गरिने राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले  बताउनुभयो ।

रक्तदान कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पुर्व उपप्रमुख लिलादेवि लामिछने खनाल, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य तिलक घलान,केन्द्रीय कमिटि सदस्य ईराज कोईराला, शर्मिला के.सी, मधेस प्रदेश कमिटि सदस्य सुदिप तिमल्सिना, ज्ञानु लामा लगायत जिल्ला कमिटि सदस्यहरुको उपस्तिथी रहेको थियो ।

संघले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम निजगढ स्थित सहिद चोकमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय