लोकप्रिय बचत तथा ऋण सहकारी संस्था द्वारा नि:शुल्क विउ विजन वितरण गरेको छ ।

संस्थाले वार्षिक रुपमा सन्चालन गर्दै आइरहेको “लोकप्रिय करेसावारी कार्यक्रम”  अन्तर्गत आफ्ना शेयर सदस्यहरुलाई विउ विजन वितरण गरेको हो  ।  शुक्रबार संस्थाको कार्यलय तल बितरण गरिएको सो कार्यक्रममा शेयर सदस्य कृषकहरु लाभान्वित भएकाछन ।
कृषिको प्रवद्धन तथा तरकारीको परनिर्भरता कमि गरी आत्मनिर्भरता साथै उत्पादनमुखी बनाउने उधेश्यले शुरु गरिएको सो वार्षिक कार्यक्रमले शेयर सदस्यहरुमा खुसी छाएको संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

संस्थाको केहि समय अघि मात्रै साधारणसभा सम्पन्न भएको थियो जसमा अम्बिका चौलागाई पुन अध्यक्षमा चुनिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय