निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढमा भएको शक्तिशाली विस्पोटक बस्तु घटनाका घाइते र आफन्तहरुसंग भेटघाट गर्नुभएको छ ।

उहाँहरुले मंगलबार वीरगञ्जस्थित बयोधा अस्पतालमा पुगेर घाइतेसहित अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुसंग भेटघाट गर्नुभएको हो । भेटघाटमा निजगढ नगरप्रमुख सहित नगर उप-प्रमुख सोममाया थिङ्ग, वडा नं७का वडा अध्यक्ष टेक बहादुर लामा लगायत अस्पताल पुग्नुभएको थियो ।

सो क्रममा पीडितहरुको उचित उपचारको लागि नगर प्रमुख पुरीले चिकित्सकहरुसंग आग्रह गर्नुभएको थियो  । सो घटनामा हाल सम्म ३ जनाको मृत्यु भईसकेको छ ।

घटनामा ६जना घाईते भएका थिए भने ३ जनाको मृत्यु भएको थियो र  २जनाको अवस्था पनि गम्भिर रहेकोले बिरगजंमा उपचार भईरहेको र १जनाको भने अवस्था सामान्य भई निजगढमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय