निजगढ नगरपालिकाले सन्चालनमा ल्याएको दादुरा–रुबेला खोपको अभियान अनतर्गत आज पहिलो दिन २३ प्रतिशत बालबालिकाले लगाएका छन  ।

दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तर्गत गत आइतवार निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा बारेमा जानकारी गराएको थियो । ९ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकाहरूलाई अनिवार्य रुपमा दादुरा–रुबेला  खोप आज पहिलो दिन ९ महिना देखि ५ बर्ष सम्ममा ५सय ३८ जनाले लगाएकाछन भने ५ बर्ष देखि१५ बर्षमा ३४सय७३ जनाले खोप लगाएकाछन ।

निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाका अनुसार पहिलो दिनमा २३% बालबालिकाहरूले खोप लगाउनु निकै उत्साहजनक रहेको बताउनु भयो ।
खोप निजगढ नगरपालिकाको १३ वटा वडामा विद्यालयमै पुगेर स्वास्थ्य शाखाका प्रतिनिधीहरु पुगेर लगाएका थिए । खोपको अनुगमना निजगढ नगरपालिकाका उपप्रमुख सोम-माया थिङ्ग, सम्बन्धित वडाका जनप्रतिनिधिरहरुको पनि उपस्तिथी रहेको थियो ।

खोप अभियान प्रभावकारी रुपमा सफल पार्न नगरपालिकाभित्र २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरु समेत गरी करिव १ सय जनालाई परिचालन गरिएको छ । खोप आगामी २४ गते सम्म लगाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय