लायन्स क्लव अफ केटिएम टाँसी डेलेकले निजगढ ५ खोल्मा टोलस्थित जनजागृति आधारभूत विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

लायन्स क्लव अफ निजगढ सिटीको आयोजनामा भएको सो कार्यक्रममा विद्यालयका ९५ जना छात्र छात्राहरुलाई हिजो स्कुल ब्याग र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लव अफ निजगढ सिटीका भाईस प्रेसीडेन्ट दिलिपकुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, लायन्स क्लब डिस्ट्रटिक ३२५ का एड्भाईजर महेस न्यौपाने, लायन्स क्लव अफ केटिएम टाँसिक डेलेकका मेम्बर एरिया कोर्डिनेटर सुनिता श्रेष्ठ छिरिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद ढुंगाना, विद्यालयका प्रधानाध्यापक शिव नेपाललगायत विद्यालयका अभिभावक र लायन्स क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा वडा अध्यक्ष थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढंगाना र लायन्स क्लबका पूर्व जोन पर्शन खड्गप्रसाद उप्रेतीले बोल्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थापाले सहयोगीबाट विद्यालयमा अध्ययन गर्ने गरिव, दलित र जनजाती समुदायका विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय