निजगढ नगरपालिकाले सन्चालनमा ल्याएको दादुरा–रुबेला खोपको अभियान अनतर्गत चौथो अन्तिमदिन सम्म ९२. ५४ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।

निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले ९२.५४ प्रतिशत बालबालिकाहरूले खोप लगाउनु निकै उत्साहजनक रहेको बताउनु भएको छ । निजगढ नगरपालिकाको १३ वटा वडाका विद्यालयमा पुगेर स्वास्थ्य शाखाका प्रतिनिधिहरुले बालबालिकालाई खोप दिएका थिए ।

खोप अभियान प्रभावकारी रुपमा सफल पार्न नगरपालिकाभित्र २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरु समेत गरी करिव १ सय जनालाई परिचालन गरिएको छ । गत २० गतेदेखि शुरु भएको खोप हिजो २४ गते सम्म लगाईएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय