बाराको निजगढ नगरपालिका– १३ को भक्तलालमा सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय १४ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधि सेवा लिएका छन ।

गौरीशंकर क्याम्पस निजगढ र निजगढ नगरपालिका वडा नम्बर १३ को संयुक्त आयोजना भएको सो एकदिने स्वास्थ्य शिविरमा निजगढ सामुदायिक अस्पताल, निजगढ तिलगंगा आँखा अस्पतालले प्राविधिक सहकार्य गरेका थिए । शिविरमा निजगढ सामुदायिक अस्पतालका चिकित्सक सतिस निरौला र मुन्ना साहले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आँखा सम्बन्धी बिरामीहरुको जाँच तथा उपचार भने गजेन्द्रकुमार महतोले गर्नुभएको थियो । विकट क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर शिवीर आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।

सर्वसाधारणको घरघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयको सहयोगमा शिविरको आयोजना गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यबहादुर घलानले बताउनुभयो ।

आयोजना गरेर स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २ महिलासहित १३ जनाले रक्तदान गरेका छन । गाउँमा शिवीर आयोजना गरेर सुविधा दिएको भन्दै स्थानीय सर्वसाधारणले खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय