सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन वेश निजगढबाट सरुवा हुनु भएका प्रहरी नायब प्रहरी उपरीक्षक(डिएसपी) दिनेश शर्मालाई विदाईमा निजगढ नगरपालिकामा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकोछ ।

६ महिना अगाडी शर्मा २८ नम्बर गण कपिलवस्तुबाट सरुवा भएर निजगढ बेस क्याम्पमा आउनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरीले सशस्त्र नायब प्रहरी उपरीक्षक शर्मा आफ्नो कार्यकालमा अति नै मिलनसार र हरेक समस्यामा साथ दिनुभएकोमा धन्यवाद समेत दिनुभयो । फेरी भेटौला कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, कर्मचारीहरु,संचारकर्मी  र युथ अफ निजगढका सदस्यहरुले फुलको थुङ्गा दिएर फेरी भेटौला भनेका थिए ।

त्यस्तै निजगढ क्याम्पमा सरुवा भएर डिएसपी श्रिराम कुवर आउदै हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय