निजगढनगरपालिका ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा हिजोबाट ब्रम्हज्ञान महायज्ञ सुरु भएको छ ।

मन्दिर स्थापनाको ३१औं बार्षिकोत्सवको अवसरमा हिजोबाट ५ गतेसम्म चल्ने पञ्चदिवसिय महायज्ञ सुरु भएको हो ।
महायज्ञमा विदुषी उषा घिमिरे साहित्यचार्य, जनार्दन महाराज र धर्म प्रचारक श्यामदास कुंवरलगायत अन्य पण्डितहरुले श्रीकृष्ण कथा बाचन गर्नेछन ।

महायज्ञको पहिलो दिन हिजो शोभा कलश यात्रा निकालिएको थियो मन्दिर परिषरबाट रथसहित निकालिएको कलश यात्रामा सयौं भक्तजन र स्थानीयको सहभागिता रहेको थियो । महायज्ञको धार्मिक विधि अनुसार निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पुरीले समाजमा देखिएको विकृतिको अन्त्यका लागि निजानन्द समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले कार्यक्रमबारे जानकारी गराउँदै मन्दिर परिषरमा बनाउन लागिएको सभाहलको पूर्णताका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण भिमप्रसाद सापकोटाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय