निजगढ नगरपालिका ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरले आयोजना गरेको दन्त शिविरमा १२० जनाले दाताको परीक्षण गराएका छन ।

रौतहटको चन्द्रपुरस्थित प्रणामी डेन्टल हाउस, प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र समुदायमा आधारित प्रसुती गृहको सहयोगमा हिजो भएको सो शिविरमा चेक जाँच गरिएका १२० जना मध्ये १६ जनाको दात निकालिएको थियो । मन्दिर स्थापनाको ३१औं बार्षिकोत्सवको अवसरमा महायज्ञसहित पञ्चदिवसीय कार्यक्रम अन्तर्गत दन्त शिविरको आयोजना गरिएको हो ।

मधेस प्रदेश सभा सदस्य मिना लामाले एक कार्यक्रमबीच शिविरको उद्धाटन गर्नुभएको थियो । यसअघि मन्दिर व्यवस्थापन समितिले शुक्रवार रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । सो कार्यक्रममा ११ जना महिलासहित ६३ जनाले रक्तदान गरेका थिए । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले रक्तदान कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।

महायज्ञमा विदुषी उषा घिमिरे साहित्यचार्य जनार्दन महाराज र धर्म प्रचारक श्यामदास कुंवरलगायत अन्य पण्डितहरुले श्रीकृष्ण कथा बाचन गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय