युव अफ निजगढले सांगितिक कार्यक्रम प्रि-होली कन्सर्ट आयोजना गरेको छ । निजगढ ७ स्थित निजगढ पार्टी प्यालेस एण्ड सेमिनार हलमा भएको सो कार्यक्रममा चर्चित गायक उदय स्वताङ्ग, मनिला स्वताङ्गलगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बत्ती बालेर कन्सर्टको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा सांसद मैनाली, प्रदेश सभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्व नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिला लामिछाने खनाल, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामालगायतले बोल्नुभएको थियो ।

सोही कार्यक्रममा निजगढको संगीत क्षेत्रमा योगदान पु¥याउने १ दर्जनभन्दा बढीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको संचालन मनिता पाण्डे र भाइकाजी श्रेष्ठले गर्नुभएको थियो । निजगढका सक्रिय युवाहरुको संगठन युथ अफ निजगढले होली पर्वको पूर्वसन्ध्यामा सांगितिकसहित विभिन्न कार्यक्रमको आयोजना गर्दैआएको छ ।

त्यस्तै  प्रिहोली कन्सर्टको अवसरमा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा भरतपुर अस्पतालको प्राविधिक टोलीले सहयोग गरेको रक्तदान कार्यक्रमका संयोजक सागर तामाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय