महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र वुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ ।

साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुवै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन । निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन हिजोे वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो । पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताउनुभयो । महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गर्नुभएको थियो ।

शिविरमा महिलाहरुको लागी भनेर वडामै आएर यस्तो सेवा उपलब्ध गराएकोमा निजगढ वडा नं ५ कि ईश्वरी खडकाले वडा कार्यलयलाई धन्यवाद समेत दिइन । गाँउमा यस्ता शिविर सन्चालनमा ल्याउदा वडा वासीले धन्यवाद समेत दिएकोमा आफुलाई आनन्द लागेको वडा नं ५का वडाध्यक्ष सुर्य थापामगरले  प्रेसचित्रडटकमलाई वताउनुभयो

यस्तै आगामी दिनहरुमा महिलाहरुलाई मात्र नभई पुरुषहरुको लागी पनि  शिविर सन्चालनमा ल्याउने सोच रहेको निजगढ वडा नं ६का वडाध्यक्ष घनश्याम तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय