नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष एव् निजगढ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सुर्य घलान नेपाल तामाङ संघको मधेश प्रदेशको संयोजक मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको आवद्ध संघ हो । नेपाल भरिका सम्पूर्ण तामाङहरुलाई एकतावद्ध बनाउनको लागि यस संघ स्थापना भएको हो । नेपाल तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण लामा (इन्द्र) ले घलानलाई प्रदेश संयोजकमा मनोनित गरिएको पत्र हस्तान्तरण गर्नुभएको छ ।

घलान नेपाल तामाङ घेदुङ बाराका अध्यक्ष भएसँगै संगठन विस्तारमा केन्दित हुदै आउनुभएको छ । हालै निजगढ नगरपालिकाका अधिकांश वडामा संगठन निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय