बाराको निजगढ नगरपालिकामा हिजो एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार भवनको शिल्यान्यास गरिएको छ ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ लाख सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण हुन लागेको सो भवनको नेपाली कांग्रेश महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले शिल्यान्यास गर्नुभएको हो । कुल २४ करोड ३२ लाख लागत रहेको सो रक्तसञ्चार भवन निर्माणको लागि मात्रै भनेर हाल मधेस प्रदेश सरकारबाट २४ लाख निकासा भएको रेडक्रस उपशाखा सभापती रुद्र धितालले जानकारी दिनुभयो ।

स्थानीय र प्रदेश सरकारको सहयोगमा डेढ वर्षभित्र केन्द्र संचालनमा ल्याइने सभापती धितालले जानकारी दिनुभयो । उहाँले भवन निर्माणको लागि हाल प्राप्त रकमबाट आगामी जेष्ठ २५ गतेभित्र काम सम्पन्न गरिने पनि जानकारी दिनुभयो । केन्द्र सञ्चालमा आएपछि निजगढ क्षेत्रमा बिरामीहरुको उपचारमा आवश्यक रगतको सहज आपूर्ति गर्न मद्दत पुग्ने सभापती धितालको भनाई छ ।

रेडक्रस सोसाइटी निजगढ उपशाखाका सभापती धितालको अध्यक्षतामा भएको शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले भवन निर्माणको लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने जनाउनुभएको थियो । कार्यक्रममा रेडक्रम बाराका सहमन्त्री कृष्णप्रसाद खरेल, उपशाखाका पूर्वसभापती नारायण शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बद्री चिमोरियाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय