बैशाख ११, निजगढ

रामदूत हनुमानको जन्मजयन्तीकाे अवसरमा निजगढ नगरपालिका ७ मा रहेकाे सत्यश्वर शिवशक्ति धाममा विशेष पूजाआजा सहित कार्यक्रम गरिएको छ । हनुमान आराधाना मण्डली निजगढ ७ काे आयाेजनामा हनुमान जयन्ती मनाईएकाे हाे ।

सनातन धर्मका अनुयायीहरुले हनुमानको जन्मजयन्तीकाे अवसरमा विशेष पूजा अर्चना गरेर हनुमानको जन्मजयन्ती मनाउँदै आएका छन् ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास रहेको र आफ्नाे परम्परा अनुसार पूजाआजा तथा भजनकृतन गरि हनुमान जयन्ती मनाईएकाे सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका मण्डलीका सचिव उमेश कुमार स्वर्णकारले बताउनुभयो ।

हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेकाे र सदाका बर्षझैँ याे बर्ष पनि जयन्ती मनाईएकाे हनुमान आराधाना मण्डलीका अध्यक्ष रामानन्द प्रसादले बताउनुभयो ।
मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलबार नै परेकाले पनि विशेष अवसर मानिएको मण्डलीका सदस्य रामबाबु चाैरासियाले बताउनुभयो । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने पुजारीसमेत रहनुभएका मण्डलीका सदस्य उमाशंकर दासकाे भनाइ छ ।

रामायण कथामा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको र रामभक्त हनुमानलाई बल र साहसको पर्यायका रूपमा मानिएको मण्डलीका सदस्य सतिशलाल साहले बताउनुभयो । मण्डलीका सदस्य तथा अन्य स्थानीयबाट चन्दा संकलन गरि पुजाआजा व्यवस्थापन तथा भक्तजनलाई प्रसादी समेत खुवाईएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय