निजगढ नगरपालिका क्षेत्रभित्रका सडकहरुमा किसानहरुले विभिन्न प्रकारको अन्नवालीहरु सुकाउने गरेकाले सडक दुर्घटना बढेको हुनाले सडकमा अन्नवाली नसुकाउन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै सडकमा खोया, मकै, खोस्टा, छवाली, पराल, लगायतका अन्य वस्तुहरु सुकाएकै कारण सडक दुर्घटनाको जोखिम बढेको जनगुनासो आएकाले सो कार्य नगर्न पालिकाले अनुरोध गरेको छ ।

सडकमा त्यस्ता वस्तु राखेकै कारणले यदी सडक दुर्घटना भएमा राख्ने व्यक्तीलाई कानुन बमोजिम कारवाही गरिने सुचनामा लेखिएको छ ।

पछिल्लो समय किसानले सडकमा अन्नहरु सुकाउदा धेरै दुर्घटना बढेको समेत पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय