जिल्ला प्रशासन कार्यालय बाराले निजगढ नगरपालिकामा हाल संचालनमा रहेको राष्ट्रिय परिचय पत्र बनाउने कार्य स्थगत गर्न नगरपालिका कार्यालयमा पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारा कलैयाले गत वैशाख १४ गते कार्यालयमा पत्र पठाएर हाल संचालनमा रहेको राष्ट्रिय परिचय पत्र प्रविष्ट गर्ने स्टेशन सहित विभागबाट प्राप्त सबै सामग्री इलाका प्रशासन कार्यालय सिमरामा पठाउन भनेको छ । नगरपालिका कार्यालयले भने जनताको सुविधाको लागि आफ्नै खर्चमा संचालन गरिएको स्टेशन इलाका प्रशासन कार्यालय सिमरा नपठाउने भन्दै सेवा जारी राखेको छ । इलाका प्रशासन कार्यालय सिमराले भने जिल्ला प्रशासन कार्यालयको पत्र विपरित कार्यालयबाट परिचय पत्र बनाउने कार्य गर्न नसकिने भन्दै राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागमा पत्राचार गरेको छ र सोको बोधार्थ निजगढ नगरपालिकामा पनि पठाएको छ ।

इलाका प्रशासन कार्यालय सिमरामा हाल परिचय पत्र बनाउने स्टेशन एउटा मात्रै रहेको र निजगढ र जीतपुरसिमराको स्टेशन हटाउदा सेवाग्राहीको संख्या बढ्ने र सेवा दिन नसकिने जानकारी गराएको हो । बारामा हाल निजगढ र जीतपुरसिमरा उपमहानगरपालिकाले मात्रै आफ्नै खर्चमा कर्मचारी भर्ना गरेर राष्ट्रिय परिचय पत्र बनाउने स्टेशन संचालन गर्दैआएका छन । गत मंसिर महिनाबाट शुरु भएको सो कार्यक्रम अन्तर्गत हालसम्म निजगढबाट ७ हजार भन्दा बढीले राष्ट्रिय परिचय पत्रमा नाम प्रवष्टि गरिसकेको कार्यालयका आइटी सहायक रविन तिमल्सिनाले निजगढ डटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय