बाराको निजगढ नगरपालिका स्थित वडा नं १०मा महिलाहरुको लागि १५ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।  वडाका स्थानिय महिलाहरुलाई लक्षित गरिएर राखिएको सो नेतृत्व विकास तालिमको हिजो १५औ दिन समापन भएको छ ।

निजगढ नगरपालिका वडा नं १०को आर्थिक सहयोगमा सम्पन्न भएको सो तालिम कुशल मार्गदर्शन प्रा.लि.ले दिएको थियो । समापन कार्यक्रममा निजगढ नगरपालिका वडा नं १०का वडा अध्यक्ष आशाकाजि श्रेष्ठ प्रमुख अतिथीको हातबाट २५ जना सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको विशिष्ठ अतिथि कार्यपालिका सदस्य मनमाया तामाङ, अतिथिमा स्थानिय समाजसेवी दिपिका शाह ( शर्मिला के.सी.)र दिपक घिमिरे लगायतको उपस्तिथि रहेको थियो ।

महिलाहरुमा बोल्न र आवाज उठाउन सक्ने क्षमता कमि भएकाले सो तालिम दिईएको बतउनु हुन्छ संस्थाका अध्यक्ष निर्मल बजगाई ।

त्यस्तै १५ दिने तालिम लिईसकेपछि आफुलाई खुसी लागेको र शुरुमा बोल्न अप्ठेरो लागेपनि तालिम लिईसेपछि आत्मवल बढेको बतानुहुन्छ स्थानिय ६३ बर्षिय रेनुका लामिछाने । तालिमको प्रशिक्षकमा भाईकाजी श्रेष्ठ हुनुहुन्थ्यो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय