गत बिहीबार साँझ आएको हावाहुरीले  निजगढ नगरपालिकाको विभिन्न स्थानहरुमा क्षति  पुर्याएको पुर्याएको छ ।

ठुलो हावापानीको कारणबाराकोको निजगढ नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुर्याएको किसानको घरखेतमा नगरप्रमुख पुरी नेतृत्वको टोली  पुगेसँगै किसानमा आशाको किरण छाएको छ ।

हावाहुरीबाट किसानको केरासंगै निजगढका किसानको मकै र फलफूल बाली र अन्य अन्नबाली नष्ट पारेको छ । विनासकारी हावाहुरीबाट घरगोठको समेत छाना उडाएर क्षति गरेको हो ।

हुरीले निजगढ क्षेत्रमा लगाइएको २ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको केरा तथा फलफूल उत्पादक संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले क्षतिको सबै विवरण प्राप्त भइनसकेको भएपनि प्रारम्भिक विवरण अनुसार २ करोड मूल्य बराबरको केराबाली क्षति भएको बताउनुभाये । अध्यक्ष श्रेष्ठले भर्खर पसाएको र पाक्ने बेला भएको केराको बोट ढालेर हुरीले सोत्तर पारेको बताउनुभयो ।

त्यसैगरी विनासकारी हावा हुरीका कारण निजगढ नगरपालिका विभिन्न वडाका स्थानीयको घर गोठमा समेत क्षति गरेको छ । घरको छाना उडाएपछि दर्जनौं सर्वसाधारण बिचल्लीमा परेका छन ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले हुरीले क्षति गरेको केरा बाली र घर गोठको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । नगर प्रमुख पुरीले वडा नम्बर ४, ५, ६, ११, १२ र १३ मा पुगेर क्षतिको अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा उहाँले हावा हुरीका कारण केराबालीमा नोक्सान बेहोर्नु परेका र घर गोठका छाना उडाएर बिचल्लीमा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै जनप्रतिनिधि र स्थानीयसंग अनुरोध गर्नुभएको थियो । उहाँले क्षतिको विवरण संकलन गरेर नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकमार्फत गर्नुपर्ने सहयोगको बारेमा निर्णय गरिने पनि बताउनुभएको छ ।

विनासकारी हावा हुरीका कारण निजगढ नगरपालिका सिङ्गौलमा विद्युत् समेत अबरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय