बाराको निजगढमा दोस्रो मधेश प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङ निजगढको आयोजनामा यही जेठ २५ र २६ गते निजगढको निजगढ बैंक्वेट हलमा हुन लागेको हो। यसअघि पहिलो संस्करणसमेत निजगढमा नै भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ ११ खेल वजन, महिलातर्फ ६ खेल वजन समूह गरी जम्मा १७ खेल वजन समूहमा मधेश प्रदेशभरीका २ सय भन्दा बढि खेलाडीहरुको सहभागी हुने आयोजक कमिटीका सदस्य इश्वर सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यगरि ७६ वटा पदकका लागि प्रतिष्पर्धा हुने छन । त्यस्तै उत्कृष्ट खेलाडी महिला र पुरुष दुवैलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरीने आयोजकले जनाएको छ ।

७ स्वर्ण, ९ रजत र ९ कास्य पदक सहित पहिलो संस्करणमा आयोजक श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङ प्रथम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय