युथ अफ निजगढले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
केहि दिन अघि निजगढ नगरपालिका वडा नं २ सिंगौलमा भएको आगलागीको कारण लिलानाथ सापकोटाको घर जलेर नष्ठ भएको थियो । पिडित परिवारलाई निजगढमा रहेको अग्रसर सामाजिक संस्था युथ अफ निजगढले आज मंगलबार एक कार्यक्रमको बिच पडितको घरमै पुगेर सहयोग स्वरुप १०हजार १सय सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष कमल बजगाई र अन्य पदाधिकारीहरुले  पिडित परिवारलाई वडा नं२का कार्यवाहक अध्यक्ष पुष्कर खड्काको रोहवरमा सो रकम हस्तान्तरण गरेका थिए ।

युथ अफ निजगढले पीडित, विपन्नलाई यसरी रकम सहयोग गरेकोमा का.वडाध्यक्षले संस्थाको प्रशंसा गरे । संस्थाले घरैमा नै आएर आर्थिक सहयोग गरेकोमा पीडित परिवारहरूले धन्यवाद पनि दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय