साथी नेपाल द्वारा  निजगढ ६ स्थित श्रि गौरीशंकर मा विद्यालय सडकटोललाई  पंखा सहयोग गरेको छ ।

मधेश प्रदेश अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा सहयोग गर्दै आएको साथी नेपाल काठमाण्डौंले  हिजो १० थान सिलिङ पंखा हस्तान्तरण गरेको छ ।

संस्थाका निर्देशक राम भट्टराई, अध्यक्ष सरिता सापकोटा र कोषाध्यक्ष भिम उपाध्यायले विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो पंखा हस्तान्तरण गर्नुभएको हो ।

पंखा हस्तान्तरण कार्यक्रममा निजगढ ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा समिति सदस्य आशा श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, पूर्व सदस्य लिलाबहादुर राउतलगायतको सहभागिता रहेको थियो ।

साथी नेपाल काठमाण्डौंले पछिल्लो समय मधेश प्रदेश अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा सहयोग सहयोग गर्दै आईरहेको छ ।

 

निजगढ नगरपालिकाको १४औं नगरसभामा उपप्रमुख द्वारा यसरी बजेट प्रस्तुत गरियो

निजगढ नगरपालिकाको १४औं नगरसभामा उपप्रमुख द्वारा यसरी बजेट प्रस्तुत गरियो

Posted by PressChitra on Tuesday, June 25, 2024

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय