निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमअन्तर्गत विद्यालयका ४० जना शिक्षकलाई ल्यापटप प्रदान गरेको छ ।

विद्यालयमा हिजो आयोजना गरिएको एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झा, व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटाले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नका लागि विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक बद्रीनारायण झाले बताउनुभयो ।

६५ जना शिक्षक कार्यरत रहेको विद्यालयले पहिलो चरणमा ४० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको र बाँकी अन्य शिक्षकलाई अर्को चरणमा पटक ल्यापटप प्रदान गरिने विद्यालयका प्रअ झाले जानकारी दिनुभयो । उहाँले विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि गर्न शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको सुनाउनुभयो । ल्यापटप वितरणले सिकाइ क्रियाकलाप प्रभावकारी तुल्याउन सहयोग पुग्ने विद्यालयका शिक्षक बोधनाथ चौलागाईको भनाई छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन गर्दैआएको यो विद्यालय मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । हालै सार्वजनिक भएको एईईमा पनि विद्यालयका २२ जना विद्यार्थी प्लस ए सहित उर्तिण भएका छन । विद्यालयमा कक्षा ४ देखि १२ सम्म नै कम्प्युटर विषयको पठनपाठन भइरहेको छ । विद्यालयमा करिब २ हजार २ सय ५० विद्यार्थी अध्ययनरत छन । विद्यालयले प्राविधिक धारतर्फका विद्यार्थीलाई स्मार्टबोर्ड र प्रोजेक्टरमार्फत अध्यापन गर्ने तयरी गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय