निजगढ नगरपालिका कार्यालयले चालु आर्थिक वर्षको लागि नगर क्षेत्रभित्रको हाटबजार र विज्ञापन कर संकलन गर्न बोलपत्र आह्वान गरेको छ ।

पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि निजगढ, भरतगंजसिगौल र रतनपुरी हाटबजार तथा नगर क्षेत्रभित्रको विज्ञापन कर संकलनको लागि ठेक्का बन्दोवस्त गर्न सूचनामार्फत शिलबन्दी दरभाउ पत्र माग गरेको हो । कार्यालयले यो वर्ष निजगढ हाटबजारको लागि न्यूनतम २० लाख, भरतगंजसिगौंल हाटबजारको लागि ३ लाख र रतनपुरीको लागि ३ लाख ५० तथा विज्ञापन करको लागि भने २ लाख रुपैया दरभाउ तोकेको छ । सूचनामा इच्छुक व्यक्ति, कम्पनी वा फर्मले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरभाउपत्र फारम खरीद गरी १६ औं दिनको अपरान्ह १२ बजेभित्र कार्यालयमा दर्ता गरी सक्नु पर्ने जनाइएको छ ।

बन्द हडताल लगायत अन्य कारणले ठेक्का चलन गर्न नसकेको कारणवाट ठेकेदारलाई क्षतिपूर्ति पुग्न गएमा ठेकेदार स्वयं जिम्मेवार हुनुपर्ने पनि नगरपालिकाले जारी गरेको शर्तमा जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय